दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने। त्यस्तै, नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते।
महिलातर्फ अञ्जिला योञ्जन ३४ अंकसहित विजेता बनिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। ६० वर्षमाथिको सिनियर विधातर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जित्दा पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए।

प्रतियोगितामा विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन र टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार प्राप्त गरे। त्यस्तै, लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका विजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार पाए।
लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो। प्रतियोगितामा ११ महिलासहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो।
प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।