यस्तो छ माछापुच्छ्रे, एनआइसी एशिया, र कुमारी बैंकको प्रगति, किन एनआइसी एशियाको नाफा घट्यो ?

Aug 16, 2015 Mero Lagani



वाणिज्य बैंकमा मध्यमस्तरका बैंकको पहिचान बनाएका NICA एनआइसी एशिया, MBL माछापुच्छ्रे र KBL कुमारी बैंकको गत आर्थिक वर्षको खुद नाफा कमाइमा व्यापक परिवर्तन आएको छ । जस अनुसार माछापुच्छ्रे बैंकको नाफा झण्डै २५ प्रतिशतको हाराहारीमा बढेको छ । कुमारी बैंकले १ करोड बढीले मात्र नाफा बढाउन सकेको छ भने एनआइसी एशियाको खुद नाफा झण्डै १४ करोड रुपैंयाले घटेको छ ।

MBL२ अर्व ९५ करोड १० लाख रुपैंया चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा झण्डै १६ करोड रुपैंयाले खुद नाफा बढाएको छ । त्यसै गरि २ अर्व ४३ करोड १६ लाख रुपैंया रुपैंया चुक्ता पूँजी रहेको कुमारी बैंकले गत आर्थिक वर्षमा १ करोड बढीले मात्र खुद नाफा कमाएको छ भने एनआइसी एशिया बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३ करोड ९१ लाख रुपैंयाले घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा ४५ करोड ४६ लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको माछापुच्छ्रेले गत आर्थिक वर्षमा ६१ करोड ३४ लाख ३६ हजार खुद नाफा कमाएको हो । उता कुमारी बैंकले पनि अघिल्लो आर्थिक वर्षमा ३४ करोड १६ लाख ५५ हजार रुपैंया खुद नाफा कमाएकोमा गत आर्थिक वर्षमा ३५ करोड २७ लाख ३४ हजार रुपैंया मात्र खुद नाफा कमाएको छ । एनआइसी एशियाले अघिल्लो आर्थिक वर्षमा ८३ करोड १५ लाख ८९ हजार रुपैंया नाफा कमाएकोमा गत आर्थिक वर्षमा खुद नाफा घटेर ६९ करोड २४ लाख ७४ हजार रुपैंयामा सिमित भएको हो ।

KBLप्रति शेयर आम्दानीका आधारमा माछापुच्छ्रे बैंक सकरात्मक छ भने एनआइसी एशिया ओरालो लागेको छ । जस अनुसार माछापुछ्रेको अघिल्लो आर्थिक वर्षमा १८ रुपैंया ३४ पैसा कायम गरेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा २० रुपैंया ७९ पैसा पुर्याएको छ भने एनआइसी एशियाको अघिल्लो आर्थिक वर्षमा ३५ रुपैंया ९८ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा २६ रुपैंया ५ पैसामा सिमित भएको छ । उता कुमारी बैंकले पनि गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी १४ रुपैंया ५१ पैसा मात्र कायम गरेको छ ।

त्यसै गरि निक्षेप संकलनमा पनि माछापुच्छ्रे बैंकले अघिल्लो वर्षमा ३७ अर्व १४ करोड २९ लाख ५७ हजार रुपैंयाको निक्षेप संकलन गरेकोमा गत आर्थिक वर्षमा ७ अर्व रुपैंया भन्दा बढीको सुधार गरि ४४ अर्व २० करोड ५६ लाख ३७ हजार रुपैंया निक्षेप संकलन गरेको छ । कुमारी बैंकले पनि अघिल्लो आर्थिक वर्षमा २७ अर्व ५७ करोड ८३ लाख ७६ हजार रुपैंया निक्षेप संकलन गरेमा गत आर्थिक वर्षमा झण्डै ६ अर्व रुपैंयाको सुधार गर्दै ३३ अर्व ४२ करोड १९ लाख ११ हजार रुपैंया निक्षेप संकलन गरेको छ । एनआइसी एशियाले पनि अघिल्लो आर्थिक वर्षमा ४४ अर्व ९८ करोड ४२ लाख १८ हजार रुपैंया निक्षेप संकलन गरेकोमा गत आर्थिक वर्षमा सवा ८ अर्व रुपैंयाले निक्षेप संकलन बढाएर ५३ अर्व ४७ करोड ७१ लाख ८४ हजार रुपैंया पुर्याएको छ ।

nicaत्यसै गरि कर्जा प्रवाह वृद्धिमा पनि माछापुच्छ्रे बैंकले ५ करोड रुपैंया भन्दा बढीको सुधार गरि ३४ अर्व ८१ करोड ९४ लाख ५२ हजार रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो वर्षमा २९ अर्व ५ करोड ३२ लाख ४३ हजार रुपैंयाको निक्षेप संकलन गरेको थियो । कुमारी बैंकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ५ अर्व रुपैंयाले कर्जा प्रवाह बिस्तार गरि २७ अर्व ७ करोड ३ लाख ९० हजार रुपैंया पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा कुमारीले २२ अर्व ८० करोड ८५ लाख ३ हजार रुपैंया कर्जा प्रवाह गरेको थियो । एनआइसी एशियाले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६ अर्व रुपैंयाले कर्जा प्रवाह बढाएर ४२ अर्व १६ करोड ६४ लाख ७५ हजार रुपैंया पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३६ अर्व ३२ करोड ५० लाख ७० हजार रुपैंया कर्जा प्रवाह गरेको थियो ।

निस्क्रिय कर्जा अनुपात माछापुच्छ्रे बैंकले १ दशमलव ७८ प्रतिशतबाट घटाएर शुन्य दशमलव ६८ प्रतिशतमा झारेको छ भने कुमारीले ३ दशमलव १९ प्रतिशतबाट २ दशमलव ७६ प्रतिशतमा झारेको छ । उता एनआइसी एशियाले पनि अघिल्लो आर्थिक वर्षमा २ दशमलव ३३ प्रतिशतमा रहेको निष्कृय कर्जा अनुपातलाई १ लशमलव ९९ प्रतिशतमा झरेको छ ।

जगेडा कोषमा माछापुच्छ्रे, कुमारी र एनआइसी एशियाको क्रमश १ अर्व ७ करोड २८ लाख ९४ हजार,८८ करोड ७६ लाख ५८ हजार र २ अर्व ९० करोड ७२ लाख २२ हजार रुपैंया छ । अन्य आधारभुत पक्षहरु पूँजी कोष अनुपात एनआइसी एशियाको १३ दशमलव १६, कुमारीको ११ दशमलव १२ र माछापुच्छ«ेको १२ दशमलव ४७ प्रतिशत छ । मूल्य आम्दानी अनुपातमा माछापुछ्रेको २८ दशमलव ६७, कुमारीको २७ दशमलव २३ र एनआइसी एशियाको २३ दशमलव ६९ प्रतिशत रहेको छ ।

त्यस्तै प्रति शेयर नेटवर्थ तर्फ माछापुच्छ्रेको १ सय ३८ रुपैंया ६५ पैसा, कुमारीको १ सय ३६ रुपैंया ५० पैसा र एनआइसी एशियाको २ सय ९ रुपैंया ३६ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकको प्रतिशयर मुल्य अधिकतम ५ सय ९६ रुपैंया, न्युनतम मुल्य ४ सय ४७ रुपैंया रहेको छ । कुमारी बैंकको प्रतिशेयर अधिकतम मुल्य ४ सय २० तथा न्युनतम मुल्य २ सय ९५ रुपैंया रहेको छ भने एनआइसी एशियाको अधिकतम मुल्य ६ सय ६५ र न्युनतम मुल्य ६ सय १७ रुपैंया रहेको छ । एनआइसी एशिया बैंकको व्याज आम्दानीमा आएको गिरावट र सञ्चालन नाफामा आएको सामान्य सुधारका कारण खुद नाफामा गिरावट आएको हो ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।