इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापाले मेरो लगानीसंग कुरा गर्दै एफपिओका लागि १३ गुणा भन्दा बढी आवेदन परेको बताए । ¨एफपिओका लागि १७ हजार भन्दा बढी आवेदन मार्फत झण्डै १४ गुणा बढीकाृ आवेदन परेको छ । ४ अर्ब ४० करोड रुपैंया बराबरको आवेदन परेको हो । भालि बिहान हाम्रै कार्यालय परिसर लाजिम्पाटमा बाँडफाँट गर्छौं” थापाले भने ।
गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको इन्स्योरेन्सले एफपिओका लगानीकर्तालाई पनि बोनस दिने योजना अघि सारेको छ ।
एफपिओ निष्काशन पश्चात कम्पनीको शेयर मुल्य पनि एकाएक आकाशिएको छ । एफपिओ निष्काशन भएका दिन बजारमा ८ सय ४१ रुपैयाँ प्रतिकित्तामा किनबेच भईरहेको शिखरको शेयर मुल्य केही दिन पछि नै ९ सय ४२ रुपैंयामा किनबेच भैएको थियो । अहिले कम्पनीको प्रतिकित्ता शेयर मुल्य १ हजार २ सय ९८ रुपैंया कायम भएको छ ।
३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम भने कम्पनीको जगेडा कोषमा जम्मा हुनेछ । अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६९ रुपैंया रहेको छ ।
शिखर इन्स्योरेन्सले ३० प्रतिशत बोनश दिने, एफपिओका शेयरधनीले पनि बोनश पाउने
शिखर इन्स्योरेन्सको एफपिओमा पर्यो १२ गुणा बढीको आवेदन, तपाईले कति कित्ता शेयर पाउनु होला ?
शिखरको एफपीओ बिहीबारदेखि बिक्री खुला, खरिदको आबेदन हाल्नु कति फाईदाजनक ?
इन्भेष्टमेण्ट बैंक र शिखर इन्स्यारेन्सको १० प्रतिशत एफपीओ आउने