डेढ दिन सबै कारोबार बन्द गरि ग्राण्डलाई मिसाएर प्रभु बैंकले शुक्रबारदेखि एकिकृत कारोबार थाल्ने

Feb 09, 2016 Mero Lagani

एक वर्ष पछि मर्जर प्रकृया पुरा भएका प्रभु (PRVU) र ग्राण्ड बैंक (GRAND) ले शुक्रबारबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । प्रभु बैंक लिमिटेडको नामबाट कारोबार सुरु हुने पुर्वसन्ध्यामा ग्राण्ड र प्रभु बैंकका सबै शाखामा डेढ दिनका लागि कारोबार बन्द हुने भएको छ । बैंकले सुचना प्रकाशित गरि बुधबार १ बजेदेखि बिहीबार बेलुकासम्म कारोबार बन्द हुने जनाएको हो ।

बैंकद्धारा प्रकाशित सुचना अनुसार माघ २७ गते बुधबार मध्यान्हदेखि बिहीबार बेलुकासम्म कारोबार बन्द हुने छ । माघ २९ गते शुक्रबारबाट ग्राण्ड बैंकका सबै शाखाहरुका साथै प्रभु बैंकका सबै शाखाबाट प्रभु बैंकको नाममा एकिकृत कारोबार हुने छ ।

प्रभुले आफुमा ग्राण्डलाई विलय गराए पश्चात दुई बैंकको ‘सिस्टम इन्टिग्रेसन’ को काम पुरा गर्ने क्रममा उक्त अवधिमा दुवै बैंकका एटिएम, मोवाइल, इन्टरनेट बैंकीगं सेवा बन्द हुने जनाएको छ ।

उक्त अवधिमा सबै प्रकृया पुरा गरि शुक्रबारदेखि सबै सेवा सुचारु हुने बैंकद्धारा प्रकाशित सुचनामा उल्लेख छ । सार्वजनिक विदाको कारण देखाउँदै बैंकले क्लियरिंगको काम मंगलबारदेखि बिहीबारसम्म नै बन्द गरिएको जनाएको छ ।

 

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।