अपी पावरको दुई सय प्रतिशत हकप्रद के होला ?

Apr 10, 2016 Mero Lagani



साधारण सभामा हकप्रद निष्काशनको प्रस्ताव पारित
अपि पावर कम्पनी लिमिटेड (API) ले दुईसय प्रतिशत अर्थात १ कित्ता बराबर २ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । शनिबार सम्पन्न कम्पनीको पहिलो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब बाट तीन अर्ब बनाउन दुई अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय पारित गरेको हो । तर धितोपत्र बोर्डले एउटा कम्पनीले अर्को आयोजनामा लगानी गर्न ठूलो मात्रामा हकप्रद शेयर जारी गर्न अनुमति दिने कुरामा संदेह कायमै छ ।

साधारणसभाको निर्णयबारे जानकारी गराउन अपीले जारी गरेको बिज्ञप्तिमा कम्पनीलाई अबको ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बनाउने उद्धेश्यका साथ कार्य गरिरहेको उल्लेख छ । चालु आर्थिक वर्षमा १२ करोड रुपैंया खुद नाफा कमाउने लक्ष्यका साथ अघि बढेको र हकप्रद निष्काशनबाट संकलन हुने पूँजीलाई नुवाकोट जिल्लामा ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने कम्पनीले जनाएको छ ।

अपीले १ अर्ब ४३ करोड ५० लाख रुपैंयाको लगानीमा दार्चुला जिल्लामा ८ दशमलव ५ मेगावाट क्षमताको नौगड साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७२ भदौ १ गते देखि व्यवसायिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

८ मेगावाट क्षमताको माथिल्लो नौगढ गाड साना जलविद्युत आयोजना निर्माणका लागी अनुमतिपत्र प्राप्त गरि कार्य शुरु गर्ने जनाएको छ । यो आयोजना हालको नौगड गाढ आयोजना भन्दा करिव ६ किलोमिटर माथि सोही नदीमा अवस्थित रहेको कम्पनीको भनाई छ । त्यसै गरी सिद्वकाली पावर लिमिटेडले पहिचान गरी विकास गरेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजनाको शेयरमा लगानी गरी उक्त आयोजना निर्माण सम्पन्न गर्ने बारेमा दुबै कम्पनीका संचालकहरुको छलफल भई ८० प्रतिशत शेयर अपि पावर कम्पनी लिमिटेडले लगानी गर्ने निर्णय भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । लक्ष्मी बैंकको अगुवाईमा सह वित्तियकरण अन्र्तगत कर्जा प्रवाह गर्न सहमति प्राप्त भएको तथा विद्युत खरिद बिक्री सम्झौताका लगि नेपाल विद्युत प्राधिकरण समक्ष आवेदन गरेको कम्पनीले परियोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप अफ इन्डियाबाट सम्पन्न गराईसकेको छ ।
अपि पावरकोे बहुुमत शेयर रहेकोे अपि हाईड्रोमेकानिकल्स कम्पनीले पनि यस आर्थिक बर्ष देखि नै मुनाफा उपलब्ध गराउने कम्पनीको दाबी छ ।

२ सय प्रतिशत हकप्रद के होला ?

सर्वसाधारणमा दुईसय प्रतिशत हकप्रद जारी गर्ने हल्ला चलाएर शेयर मुल्य बढाईएको अपीमा हकप्रद हाल्ने रकम जुटाउन केही प्रबद्र्धकहरुले महंगो मूल्यमा शेयर बेचिसकेका छन् । अपी पावर आफ्नो शेयर रजिष्ट्रार आफै रहेकोले त्यसैको फाईदा त्यसका केही लगानीकर्ताले लिएका छन् । चार महिनादेखि निबेदन दिएका सर्वसाधारण लगानीकर्ताको डिम्याट खातामा अझै शेयर जम्मा नभएको गुनासो लगानीकर्ताले गरेका छन् ।

चुक्ताँ पुँजी १ अर्व रहेको कम्पनीको जगेडाकोष ५२ लाख रुपैयाँले नकारात्मक र मूल्य आम्दानी अनुपात झण्डै ९०० गुणा हुनाले तत्कालै ठूलो लाभांश पाउने संभावना छैन । ७६ करोड त दीर्घकालीन कर्जा नै तिर्न बाँकी छ । त्यसैले हकप्रदको हल्लामा महंगो मूल्यमा शेयर किन्नु सर्वसाधारण लगानीकर्ताका लागि घातक हुनसक्छ । सस्तोमा शेयर किनेका वा आईपीओ परेका लगानीकर्ताले भने अपीको शेयरमा हकप्रद वापतको शेयर किन्दा फाईदै हुने अबस्था देखिएको छ । तथ्यगत बिरोधाभाषको बीचमा कम्पनीले चालु आर्थिक वर्षमा १२ करोड रुपैंया खुद नाफा गरि लगानीकर्तालाई १० प्रतिशत लाभांस दिने लक्ष्य लिएको छ, जुन पुरा हुन कठिन छ । 

त्यसमाथि अपीले ईक्रा रेटिड. गर्दा कति ग्रेड पाउला र धितोपत्र बोर्डले त्यसलाई सहजै स्वीकार गर्ला त ? यो प्रश्न पनि अनुत्तरित नै छ । नकारात्मक नेटवर्थ भएको कम्पनीको हकप्रदबारे ईक्राको रेटिड. नै ग्रेड फोर र फाईभ आयो भने हकप्रद निश्काशनको हैसियत के होला ? यो पनि बिचारणीय पक्ष छ । हकप्रद तत्कालै पाउने कुरा पनि हैन, संस्थापकहरुले रकम जम्मा गरी ईक्रामा निबेदन दिएर धितोपत्र बोर्डले स्वीकृत गरी आब्हान पत्र जारी भएर आबेदन खूल्दा झण्डै पाँच महिना लाग्ने गर्छ ।

धितोपत्र बोर्डले केही समय अघि जलविद्यूत आयोजना निर्माण गर्दा माउ कम्पनीले सहायक कम्पनी खोलेर सोही कम्पनीको नामबाट पूँजी संकलन गर्नुपर्ने र माउ कम्पनीलाई हकप्रद जारी गर्न प्रोत्साहित नगर्ने आशय ब्यक्त गरेको थियो । जलविद्युत क्षेत्रमा नियमनकारी नतोकिएकाले माउ कम्पनीहरुले बदमासी गर्ने अवसर पाईरहेका छन् । यही कमजोरीको फाइृदा उठाउँदै केही बर्ष अघि नेशनल हाईड्रोले हकप्रद निश्काशन गर्ने बहानामा शेयर मूल्य उचालिँदा कयौं लगानीकर्ता फसेका थिए, जो अहिलेसम्म पनि उठ्न सकेका छैनन् ।

धितोपत्र बोर्डबाट २०० प्रतिशत हकप्रद स्वीकृत भयो र धेरैले शेयर भरे भने पनि त्यसबाट लाभांश पाउन कम्तिमा दुई बर्ष कुर्नुपर्नेछ । बैंकको कर्जा र प्रशासनिक खर्चको भारी थामेर लगानीकर्तालाइृ लाभांश खुवाउनसक्ने अवस्थामा पुग्नु चानचुने कुरा हैन । अपीले हकप्रदको रकम लगानी गर्ने सहायक कम्पनीले आयोजना निर्माण पुरा गरेर नाफा गर्न त झन् बर्षौ लाग्छ ।

धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले जुनसुकै कम्पनीले प्रस्ताव गर्ने हकप्रदबारे बोर्डले अध्ययन गर्ने र ईक्राको ग्रेडिड.र अन्य आधारमा निर्णयमा पुग्ने बताउनुभयो । उहाँले अपीले तत्काल बोर्डमा कुनै निबेदन नदिएकाले त्यसको हकप्रदको बारेमा टिप्पणी गर्न चाहनु भएन ।

जलबिद्युत आयोजना दीर्घकालीन प्रकृतिको लगानी भएकाले यसमा आजको भोलि नै लाभांश पाउन नसकिने र आयोजना निर्माणमा ठूलो रकम खर्च लाग्ने पक्ष पनि निकै चुनौतिपूर्ण छ । त्यसैले अपीको हकप्रदको लोभमा भन्दा पनि कम्पनीको वास्तविक अबस्था बुझेर लगानी गर्न बिज्ञहरुले जोड दिएका छन् ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस् ।

योजनाबद्ध रुपमा मूल्य बढाईएको अपीको शेयर किनेर हकप्रदको हल्लामा नफस्नुहोस् , यस्तो छ वास्तविकता

अपि पावर कम्पनीले दुईसय प्रतिशत हकप्रद शेयर जारी गर्ने

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजनाको विद्युत सर्वेक्षण गर्ने

अपीको दोस्रो त्रैमासिक बित्तीय बिबरण यस्तो छ

अपिको शेयरमा खरिदकर्ताको चाप, कारोबार खुलेको पहिलो दिनमै ग्रामिण विकास बैंकको मूल्य दश प्रतिशतले बढ्यो

अपि पावरको शेयर कारोबार सुरु, प्राइस रेञ्ज १ सय देखि ३ सय १ रुपैंया तोकियो

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

 




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।