नयाँ शेयर निष्काशन गरेर ७ अर्ब २५ करोडको हाराहारीमा चुक्ता पूँजी बनाएको बैंकले एस डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको हो । शुक्रबार बिहान इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेण्ट बैंकका अध्यक्ष योगेन्द्र शाक्यले एक बैंक एक्वायर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मेरोलगानीसंग कुरा गदैृ एस डेभलपमेण्ट बैंकका कम्पनी सचिव पुर्णचन्द्र दाहालले भने, ‘दुवै बैंकका अध्यक्षहरुले सम्झौता गर्नु भएको छ । सम्झौता अनुसार इन्भेष्टमेण्ट बैंक र एस डेभलपमेण्ट बैंकको शेयर स्वाप रेशियो १ बराबर शुन्य दशमलव ४१ कायम भएको छ ।’
अब एस डेभलपमेण्ट बैंकका लगानीकर्ताले आफ्नो १ सय कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता शेयर पाउने छन् । १ अर्ब बढी चुक्ता पूँजी भएको एसलाई आफुमा गाभे पछि इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी ७ अर्ब ७० करोडको हाराहारीमा पुग्ने भएको छ । गत असार मसान्तसम्ममा २ अर्ब ६० करोड रुपैंया बराबरको खुद नाफा कमाएको इन्भेष्टमेण्ड बैंकको जगेडा कोषमा झण्डै १० अर्ब रुपैंया सञ्चित छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।