गरिमाले बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Apr 06, 2017 merolagani



गरिमा विकास बैंक (GBBL) ले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ७० प्रतिशत हकप्रद बैशाख १४ गतेदेखि खुला गर्ने भएको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रद निष्काशनको प्रयोजनका लागि यहि चैत ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिद गरिसकेको हुनुपर्नेछ । बैंकको फागुन ६ गते सम्पन्न दशौ साधारणसभाले २० प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

गरिमा विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत अर्थात कुल ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैँयाको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।

 

                  {....७० प्रतिशत हकप्रदका लागि गरिमाले तोक्यो बुक क्लोजको मिति....}

शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रुपैँया चुक्ता पूँजी रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैंया ५३ पैसा कायम गरेको छ । धितोपत्र बजारमा बैंकको सेयर विहीबार प्रतिकित्ता पाँच सय रुपैँया हाराहारीमा कारोबार भैरहेको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।