गरिमाले बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Apr 06, 2017 merolagani



गरिमा विकास बैंक (GBBL) ले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ७० प्रतिशत हकप्रद बैशाख १४ गतेदेखि खुला गर्ने भएको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रद निष्काशनको प्रयोजनका लागि यहि चैत ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिद गरिसकेको हुनुपर्नेछ । बैंकको फागुन ६ गते सम्पन्न दशौ साधारणसभाले २० प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

गरिमा विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत अर्थात कुल ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैँयाको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।

 

                  {....७० प्रतिशत हकप्रदका लागि गरिमाले तोक्यो बुक क्लोजको मिति....}

शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रुपैँया चुक्ता पूँजी रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैंया ५३ पैसा कायम गरेको छ । धितोपत्र बजारमा बैंकको सेयर विहीबार प्रतिकित्ता पाँच सय रुपैँया हाराहारीमा कारोबार भैरहेको छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।