स्टाण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड,कसले कति पाए ?

May 08, 2017 merolagani



स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) ले बिक्री गरेको थप नयाँ साधारण सेयर (एफपीओ ) सोमबार साँझ बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार १४० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

त्यसभन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको छ भने  १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको छ ।

जस अनुसार १७० कित्ता आवेदन गर्नेले ११ कित्ता तथा सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेकोमा ११.४ गुणा बढी आवेदन परेको थियो ।

 

स्टाण्डर्ड चार्टर्डको एफपीओ निष्कासन हुँदा मेरोलगानीले यस प्रकारको खबर प्रकाशीत गरेको थियो । त्यत्तीबेला यो खबर प्रकाशन गर्दा थुप्रै लगानीकर्ताले आलोचना समेत गरेका थिए । 

 

होसियार, स्टान्डर्ड चार्टर्डको एफपीओमा आवेदन गरेर धान्न नसकिने घाटा खानुहोला (तथ्य र आँकलनसहित)

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।