लौ आउने भयो पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली

Jul 05, 2017 merolagani



आगामी कात्तिक महिनाबाट सेयर बजारका लगानीकर्ताहरुले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मार्फत सेयर किनबेच गर्न पाउने भएका छन । नेप्सेको लागि यो प्रणाली निर्माण गरिरहेको वाइको प्रा.लि.ले आगामी भाद्रबाट परीक्षणमा लैजाने तथा कात्तिकबाट पूर्ण रुपमा संचालनमा आउने जानकारी गराएको छ ।


बुधबार वाइकोका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगति बारे जानकारी दिने क्रममा भाद्रबाट परिक्षण थाल्ने बताएका हुन् । ‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’ उनले भने , ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन्।’

चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुनकुन चरणमा छ भन्ने जानकारी गराएका थिए । उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवेयर उपलब्ध गराइसकेको पनि जानकारी दिए । ‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ उनले भने।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले प्रणाली विकासमा संलग्न टोलीको कार्यप्रगति प्रति सन्तोष प्रकट गर्दै आवश्यक सहयोग गर्न नेप्से तत्पर रहेको जानकारी दिए । ‘हाम्रा लगानीकर्ता पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको ब्यग्र प्रतिक्षामा छन,’ उनले भने , ‘यथासम्भव छिटो नयाँ प्रणाली सञ्चालनमा ल्याउन आवश्यक छ ।’

यस अघि वाइकोले नेप्से, सदस्य दलाल तथा लगानीकर्ताहरु समक्ष परियोजनाको बृहत खाका प्रस्तुत गरेको थियो ।

पूर्ण अनलाईन कारोबार प्रणाली संचालनमा आएपछि सेयर किनबेच गर्न अहिले जस्तो सेयर दलालको कार्यालयमै धाउनु नपर्ने, आफ्नै घर, दुर्गम ठाउँ वा बिदेशमा बसेर ईन्टरनेट र कम्प्युटरको सहायताले किनबेच गर्न सकिन्छ । पूर्ण अनलाईन कारोबार प्रणाली संचालनमा आएपछि अहिले लगानीकर्ताहरुले भोग्नु परेका सेयर राफसाफ र रकम भुक्तानीको समस्या समाधान हुने मात्र नभई चाहेको बेला सेयर किन्न र बेच्न नपाउने अबस्थाको पनि अन्न्त्य हुनेछ ।

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मुलुकको पुँजी बजारमा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।

 यस्तो हुनेछ नेप्सेको अनलाईन सेयर कारोबार प्रणाली




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।