मिसनले ६४.२२ तथा अल्पाईनले ४४.६५ प्रतिशतले बढाए खुद नाफा

Aug 16, 2017 merolagani

मिसन डेभलपमेन्ट बैंक (MIDBL) ले गत आर्थिक बर्षमा ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाउँदा सेञ्चुरीसँग बेचिन लागेको अल्पाईपन डेभलपमेन्ट बैंक (ALDBL) ले ६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । मिसनको खुद नाफा ६४.२२ प्रतिशतले बढ्दा अल्पाइनले ४४.६५ प्रतिशतले खुद नाफा बढाएको छ । 

समीक्षा अवधिमा चुक्ता पूँजी दोब्बर बनाएको मिसनको खुद नाफा ३ करोड ३० लाख र जगेडाकोष ११ करोड २३ लाख रुपैयाँले वृद्धि गरेको छ । उता अल्पाईनले चुक्ता पूँजी ८ करोड २० लाख , खुद नाफा १ करोड ९३ लाख तथा जगेडा कोष ७ करोड २५ लाख रुपैयाले बढाएको छ । 

३८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिसनको जगेडा कोषमा १८ करोड ०९ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ४२ करोड १७ लाख रुपैयाँ कर्जा परिचालनबाट १७ करोड २१ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।

२६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाइनको जगेडा कोषमा १० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले १ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालनबाट १३ करोड ३३ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न बैंक सफल भएको छ ।

शून्य दशमलव २२ प्रतिशत निष्कृष्य कर्जा बढेको मिसनको गत आर्थिक बर्षको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १४६.४२ रुपैयाँ, तरलता अनुपात २७.१९ प्रतिशत तथा मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ ।

१.९४ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको अल्पाईनको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा, प्रतिसेयर नेटवर्थ १४०.३६ रुपैयाँ र तरलता अनुपात ३८.७४ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।