जीवन विकास लघुवित्तको नाफा ५० प्रतिशत घट्यो

Aug 17, 2023 10:09 AM Merolagani

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०४ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३४.७१ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.५१ प्रतिशत र सञ्चालन मुनाफा ५०.०९ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने २६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.९१ प्रतिशतबाट बढेर २.३९ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर ३७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४० पैसा घटेर ३४ रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ ७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ।

१ अबए १८ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १८ अर्ब ८८ करोड ४३ लाख निक्षेप तथा सापटीबाट २२ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।