
समितिको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिवले प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला बुलेटसम्बन्धी समस्या प्राथमिकतामा राखेर निकास खोज्ने बताएका थिए । तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी छ ।
‘प्रधानमन्त्रीको भारत भ्रमणमा बुलेट सञ्चालनसम्बन्धी विषय प्राथमिकताका साथ उठ्ने आशा थियो’, आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले भने, ‘तर नेपाली बुलेट सञ्चालनका विषयमा उपलब्धिमूलक प्रतिफल आउन सकेन ।’ नेपाली ग्यास उद्योगीले प्रधानमन्त्रीको भ्रमणमा उक्त विषयले प्राथमिकता नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको भ्रमण टोलीमा सहभागी नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा खासै प्रगति नभएको बताएको समाचार आजको अन्नपूर्ण पोष्टमा राजेश बर्माले लेखेका छन ।