नेपाल ग्रामिणको एफपिओ पाउने भाग्यशालीको छनौट असोज ३१ गते

Oct 13, 2017 Merolagani



नेपाल ग्रामिण विकास बैंक (NGBBL) को एफपिओ असोज ३१ गते बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलले एफपिओकाे पुर्व बाँडफाँड खाका नेपाल धितोपत्र बोर्डमा शुक्रबार पेश गरेको जनाएको छ ।

अब धितोपत्र बोर्डबाट बाँडफाँडको खाकालाई स्वीकृति प्रदान गरेपछि मंगलबार एफपिओ बाँडफाँड गर्ने तयारी गरेको क्यापिटलले जनाएको हाे। धितोपत्र बोर्डले गत जेठदेखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार नै एफपिओ बाँडफाँड हुनेछ ।

यस व्यवस्था अनुसार प्रत्येक आवेदकलाई १० कित्ता बाँडफाँड हुनेछ । एफपीओमा दुई लाख ५० हजार बढी आवेदकले दुई करोड ७५ लाख कित्ता बढी सेयर माग गरेका छन् । भाग्यशाली ९७ हजार ५०० जना आवेदकले गोलाप्रथाबाट मात्रै १० कित्ता प्राप्त गर्नेछन् भने बाँकी एक लाख ५२ हजार पाँच सय बढी आवेदकको हात भने रित्तो हुनेछ ।


 

ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि ३० गतेसम्म एक सय रुपैयाँ अंकित दरमा ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको थियो । एफपिओमा ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । लघुवित्त कम्पनीको विहीबार सेयरमूल्य ६६६ रुपैयाँ रहेको छ ।

 

...{ग्रामीण विकास बैंकको एफपीओ कति पर्न सक्छ ? हेर्नुहाेस् मेरोलगानी विश्लेषण}..

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।