सिटिजन्सको एफपिओ केहीबेरमा बाँडफाँड हुँदै

Aug 10, 2018 Merolagani



सिटिजन्स बैंक (CZBIL) ले साउन १५ देखि १८ गतेसम्म निष्काशन गरेको ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ बाँडफाँड गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले केही बेरमा क्यापिटलको कार्यालय जमलमा बाँडफाँड गर्न लागेकाे हाे ।

एफपिओमा ६४ हजार ७१० वटा आवेदन परेको छ । बैंकले निष्काशन गरेको एफपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने हुन्छ ।

यसअनुसार यसअनुसार ४६ हजार ३८२ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् । ६ कित्ता अड कित्ता रहेकाले ६ जना आवेदकले भने ११ कित्ता सेयर पाउनेछन् ।

नेपाल बैंकको एफपिओ बिक्री नभएपनि सिटिजन्सको एफपिओमा भने मागभन्दा आवेदन उच्च हुँदा १८ हजार ३२८ जना आवेदकको हात खाली हुने देखिएको छ ।

बैंकले कूल ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँको एफपिओ निष्काशन गरेकोमा १३.५१५ गुणा बढी अर्थात एक अर्ब २५ करोड ३७ लाख २८ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ । बैंकले एक सय रुपैयाँ प्रिमियम सहित एफपिओ निष्काशन गरेकाले कूल ६२ लाख ६८ हजार ६४० कित्ता एफपिओ माग परेको हो ।

सिटिजन्सले एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको थियो ।

बैंकले संस्थापक साधारण सेयर अनुपात ५१४९ कायम गर्न एफपिओ निष्काशन गरेको थियो ।हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । एफपिओपछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ ।

एनएफआर प्रणाली अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब २७ करोड ३४ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ८६ पैसा कायम गरेको छ । बैंकको लाभांश क्षमता ९६ करोड ४९ लाख बराबरको रहेको वित्तीय विवरणमा उल्लेख छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।