बुटवल पावरको एफपिओ सबै आवेदकले पाए, १२ लाख कित्ता प्रत्याभूतिकर्ताले सकारे

Mar 28, 2018 Merolagani



 मूल्य घटेपछि ५२ आवेदकले रद्ध गराए 

बुटवल पावर कम्पनी (BPCL) ले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिक्री गरेको झण्डै ४१ लाख कित्ता एफपिओको बाँडफाँड गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले बुटवल पावरको कार्यालयमा बुधबार बिहान एफपिओ बाँडफाँड गरेको हो ।

बुटवल पावरको एफपिओमा ८५ हजार ६१४ जना आवेदकले २९ लाख दुई हजार २७६ कित्ता एफपिओ माग गरेका थिए । एफपिओमा आवेदन गरेकामध्ये ७५८ जनाले माग गरेको ४३ हजार १०६ कित्ताको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

कुल सदर ८४ हजार ८०४ जना आवेदकले माग गरे बमोजिम नै २८ लाख ५९ हजार १७० कित्ता एफपिओ बाँडफाँड गरिएको हो ।

 

५२ आवेदकले भने एफपिओको मूल्यभन्दा बजार मूल्य घटेपछि जानीजानी दोहोरो आवेदन गरि माग आवेदन रद्ध गराएको देखिएको छ । उनीहरुले २१ हजार ३२० कित्ता एफपिओ माग गरि आवेदन गरेका थिए ।

त्यसैगरि ६७७ जना आवेदकले गलत हितग्राही खाता नम्बर उल्लेख गरि आवेदन गरेका कारण १८ हजार ९८० कित्ता आवेदन रद्ध भएको छ । १० कित्ताको गुणाङ्कमा माग आवेदन नगरेका कारण २९ जना आवेदकले पनि सेयर प्राप्त गर्न सकेनन् । उनीहरुले दुई हजार ८०६ कित्ताका लागि माग गरेका थिए ।

एफपिओमा न्यूनतम १० कित्तादेखि २० हजार ४०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । सबै सदर भएको आवेदकलाई बाँडफाँड गरि बाँकी रहेको १२ लाख २१ हजार ८३० कित्ता भने प्रत्याभूतिकर्ता कम्पनीहरुले खरिद गरेका छन् ।

बुटवल पावरले प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँ मूल्य तोकेर २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।

पहिले निर्धारण गरिएको मितिसम्म निष्काशन गरेको सबै एफपिओ बिक्री नभएपछि कम्पनीले संस्थागत लगानीकर्ताले समेत खरिद गर्न पाउनेगरी म्याद बढाएर फागुन १५ गतेसम्म थप गरेको थियो ।

मंगलबार दोस्रो बजारमा बुटवल पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा झरिसकेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।