एनएमबिको एफपिओ साेमबार नै बाँडफाँड हुने,अधिकांशलार्इ मागेजति नै सेयर

Jul 16, 2018 Merolagani



एनएमबि बैंकले जेठ ३० देखि असार २८ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) सोमबार नै बाँडफाँड हुने भएको छ । बैंकको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषले असार ३२ गते साेमबार साढे ४ बजे एफपिओ बाँडफाँड गरिने जनाएको छ ।

एनएमबि बैंकले २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँको दरले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री खुला गरेको थियाे।

प्रमाणिकरण भएको अन्तिम तथ्याङ्क अनुसार कूल निष्काशित एफपिओ हाराहारीमै (६५ हजार कित्ता मात्र बढी) आवेदन परेकाले अधिकांश लगानीकर्ताले माग अनुसार नै सेयर प्राप्त गर्ने भएका छन् । धेरै कित्ता आवेदन गर्ने केही आवेदकले भने समानुपातिक रुपमा केही थोरै कित्ता एफपिओ पाउनेछन् ।

ठूला संस्थापक लगानीकर्ता मध्ये सिद्धार्थ इक्वीटी फण्डले सबैभन्दा धेरै दुई लाख १० हजार कित्ताका लागि आवेदन गरेको छ । ग्लोबल आइएमई समुन्नत योजना एकले एक लाख ५० हजार कित्ता, सिद्धार्थ ओरेन्टल स्कीमले एक लाख २० हजार कित्ताका लागि आवेदन गरेका छन् । त्यस्तै सानीमा इक्वीटी, एशियन लाइफ लगायतका कम्पनीहरुले पनि एक लाख भन्दा बढी कित्ताका लागि आवेदन गरेका छन् । 

एफपिओका सेयरधनीले समेत बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन् ।

एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड पुग्नेछ भने बोनसपश्चात ८ अर्ब ७४ करोड ३७ लाख कायम हुनेछ । एफपिअाेबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम जगेडा कोषमा सञ्चित गरेकाे छ ।

त्यस्तै संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात क्रमश ५१ः४९ कायम हुनेछ




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।