कन्काई विकासको लिलामीको शेयरमा आवेदन गर्ने म्याद थपिने

Oct 27, 2017 merolagani



कन्काई विकास बैकं (KNBL) ले लिलामीमा राखेको शेयरमा आवेदन गर्ने म्याद थप गर्नुपर्ने भएको छ । बैंकले निष्काशन गरेको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रबार एक्कासी सरकारले सार्वजनिक विदा घोषणा गरेपछि म्याद थप्नुपर्ने भएको हो ।

बैंंकले यस अघि हकप्रद शेयर विक्री खुला गरी बाँकी रहेको संस्थापक तर्फको ३ लाख ८१ हजार ६ सय ५० कित्ता र सर्वसाधारण तर्फको १ लाख ६८ हजार २ सय ८७ हजार कित्ता अवितरित हकप्रद शेयर असोज ३१ देखि लिलाम विक्री खुला गरेको थियो । जसमा आवेदन गर्ने म्याद आज अन्तिम थियो ।

सरकारले विहीबार मात्रै छठको अवसरमा शुक्रबार पनि थप एकदिन सार्वजनिक विदा दिने घोषणा गरेको थियो । अब कम्पनीले आइतबार एकदिन लिलामीको सेयरमा आवेदन गर्ने म्याद थप्नु पर्ने देखिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यस अघि बैंकले १ बराबर २ दशमलव १४ को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अङ्कित दरका ३२ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

बैंकले न्यूनतम मूल्य प्रति शेयर रू. सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरि बोलकबोल गर्नुपर्ने जानकारी गराएको छ । आवेदकहरुले शेयर खरीद गर्दा न्यूनतम सय कित्ता र अधिकतम सम्पूर्ण शेयरको लागि आवेदन दिन सक्नेछन् ।

बैंकको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।