अचानक बिदा घोषणा किन ? सेयर बजारको तालिका समेत अस्तव्यस्त

Oct 27, 2017 Merolagani



वार्षिक क्यालेण्डर बनाउँदा तोकिएका विदा बाहेक समय समयमा अचानक घोषणा गरिने क्रम सम्भवत नेपालमा मात्र प्रचलनमा छ । जसका कारण सेयर बजारसँग सम्बन्धित तालिकाहरु नै प्रभावित हुने गरेका छन् । यति मात्र हैन समग्र अर्थतन्त्रमा एक दिनका लागि घोषणा हुने विदाका कारण अर्बौँ रुपैंया गुम्ने गरेकाे छ ।

एक समय थियो राजनितिक अस्थिरताले आक्रान्त भएर दिनहुँ बन्दका कार्यक्रम आयोजना हुने समय । तर मुलुकमा शान्तिबहाली भएर मुलुक स्थीरतातर्फ उन्मुख भैरहेकाे समयमा स्वयं सरकारले नै  अनपेक्षित बिदा दिन  थाल्नु राम्राे हाेइन । बिदा दिनु भनेकाे अर्थतन्त्रकाे क्षेत्रमा बन्द हुनु सरह हाे । शुक्रबारको विदालाई पनि यसैको एउटा श्रृङखला मान्न सकिन्छ । क्यालेण्डर बनाउने क्रममा सबै विषयमा प्रष्ट हुन नसक्नु नै समस्याको चुरो हो ।

बिहीबार मुलुकभर छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको थियो । त्यसै क्रममा गृह मन्त्रालयले अचानक एउटा सूचना सार्वजनिक गर्दै शुक्रबार पनि छठ पर्वका अवसरमा विदा दिने निर्णय भएको जनायो । विदा घोषणा गर्नु अघि आर्थिक विकासको चर्को नारा गर्ने माननीय ज्यूहरुले एक दिनको विदाले अर्थतन्त्रमा कति नकरात्मक असर पार्छ भनेर सायद बिर्सिनु भयो वा सम्झन चाहनु भएन ।

एउटा प्रतिनिधि घटनालााई लिने हो भने शुक्रबारको विदा घोषणाले समग्र रुपमा नकरात्मक असर कति पार्यो भन्ने प्रष्ट हुन्छ । झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले हकप्रदमा बिक्री नभएको सेयर आजसम्म लिलाममा राखिएको थियो । आगामी आइतबार सेयरको बोलकबोल खोल्ने तालिका थियो । तर सरकारले अचानक विदा दिने निर्णय गरे पछि बैंक अनि सेयर निष्काशनकर्ता सिद्धार्थ क्यापिटलललाई हाउगुजी थपिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारसम्म लिलामको समय थप गर्ने अवस्था पनि संस्थासँग रहेन । उसले अब मंगलबार सेयर लिलामको बोलकबोल खोल्ने तयारी गरेको छ । यसरी नियमित काम प्रभावित भए पछि क्यापिटलका अरु काम पनि प्रभावित बनेका छन् ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । अर्थतन्त्रसँग जोडिएका हजारौं कामहरु शुक्रबारको विदाले प्रभावित बनेका छन् ।  अचानक विदा किन घोषणा गरियो भन्ने चासो सबैमा परेको छ ।  छठका लागि विदा दिइयो भनेर हामीले कसैकाे बिराेध गरेका हैनौं, झन छठ जस्ताे साँस्कृितक पर्वमा बिदा हुँदा गुनासाे गर्न जरूरी पनि छैन। तर अचानक यस्ता निर्णय हुन्छन्, जसको मार आम नेपालीले भोग्नु पर्छ । जनतालाई नै मार पर्ने अनि मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने गरी किन सार्वजनिक बिदा घोषणा गरियो भन्ने आवाज चौतर्फी रुपमा उठ्न जरुरी छ ।

विदा घोषणाका पछाडि जे जस्ता कारणहरू भएपनि सरकारले अाज अचानक बिदा जनाएर कुनै राजनीतिक लाभ लिन खाेजेकाे त हैन भन्ने प्रश्न उठ्न सक्छ । यस्ता प्रश्न अाउन नदिन पनि पटक पटक अचानक विदा  दिने परिपाटीकाे अन्त्य हुनु पर्छ । अनि मात्र आर्थिक विकासको नाराले सार्थकता पाउला कि ?

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।