अब यस्ताे व्यवस्था गरेपछि पेट्रोलपम्प बन्द गर्ने आँट कसकाे ?, बन्द गरे १० लाख तिर्नु पर्ने र १५ दिन बिक्री-वितरण रोक्का पनि हुने

Jul 03, 2026 11:47 AM Merolagani



कडा कारवाही हुने भएपछि व्यवसायीहरुले अब पेट्रोलपम्प बन्द गर्ने आँट कसैले पनि गर्ने छैनन् । बन्द गरे १० लाख तिर्नु पर्ने र १५ दिन बिक्री-वितरण रोक्का पनि हुने गरी कडा कानूनी व्यवस्था गरिएपछि अब पेट्रोलपम्प बन्द गर्ने साहस व्यवसायीले नगर्ने देखिएकाे हाे ।

पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने व्यवसायीविरुद्ध सरकार कडा रूपमा उत्रिने भएको छ । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानूनी व्यवस्था गरेको छ ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।