मुक्तिनाथ विकास बैंकको एक लाख ६२ हजार कित्ता सेयर लिलामीमा आउने

Oct 25, 2017 Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) को संस्थापक र साधारण सेयर गरि एक लाख ६२ हजार ८०३ कित्ता सेयर लिलाम बढाबढमा आउने भएको छ । बैंकले निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलामीमा आउने भएको हो ।

मुक्तिनाथ विकास बैंकले साउन १९ गतेसम्म कायम सेयरधनीका लागि १० बराबर ४ कित्ता अनुपातमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर भदौ ४ गतेदेखि असोज ८ गतेसम्म निष्काशन गरेको थियो ।

सो हकप्रदमा रितिपुर्वक आवेदन दिने १८ हजार ९१० जना सेयरधनीलाई ६० लाख आठ हजार ६२ कित्ता सेयर कार्तिक ७ गते मंगलबार बाँडफाँड गरेको विक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स

आफ्नो हकभन्दा बढी सेयर माग गरि आवेदन दिने सेयरधनीलाई बाँडफाँडमा नपरेको रकम कार्तिक १२ गतेदेखि फिर्ता गर्ने क्यापिटलले जनाएको छ ।

अवितरित सेयरको लिलामीको सूचना बैंकले केही समयपछि प्रकाशित गर्नेछ ।

एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मुक्तिनाथ विकास बैंकले गत आवमा ४९ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

बैंकको सेयरमूल्य बुधबार प्रतिकित्ता ६०८ रुपैयाँ हाराहारीमा कारोबार भएको छ । लिलमी सकार्नेले बैंकले प्रस्ताव गर्ने बोनस समेत पाउनेछन् ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।