कन्काई विकास बैंकको लिलाम सेयर कति मूल्य हाल्नेले सकारे ?

Nov 01, 2017 Merolagani



कन्काई विकास बैंक (KNBL) को लिलाममा राखिएको सेयरको बोलकबोल खोल्ने काम सकिएको छ । सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा खोलिएको बोलकबोल अनुसार ३१९ जनाले साधारण सेयर सकारेका छन् । लिलामीमा १ हजार ७ सय ५ वटा आवेदन परेको थियो ।

बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभएको ३ लाख ८१ हजार ६ सय ५० कित्ता तथा १ लाख ६८ हजार २ सय ८७ कित्ता साधारण सेयर लिलामीमा राखेको थियो ।

जसमा संस्थापक सेयरका लागि ९ जनाले आवेदन गरेका थिए । सिद्धार्थ क्यापिटलमा संस्थापक सेयरका लागि २ वटा आवेदन आएको थियो भने कन्काईको कार्यालयमा ७ वटा आवेदन परेको थियो । लिलाममा राखिएको सबै संस्थापक सेयर बिक्री भएको छ । न्युनतम १ सय रुपैयाँदेखि २ सय ५१ रुपैयाँसम्मका आवेदकले संस्थापक सेयर सकारेका छन् ।

साधारण सेयरका लागि क्यापिटलको कार्यालयबाट १ हजार ३ सय १४ तथा कन्काई बैंकको कार्यालयबाट ३ सय ९१ वटा आवेदन संकलन भएको थियो । जसमा १ सय ८५ रुपैयाँभन्दा बढी मूल्यमा सेयर माग गर्ने ३ सय १९ जनाले सेयर पाएका हुन् । १ सय ८५ रुपैयाँका आवेदकले भने आंशिक रुपमा मात्र सेयर पाएका छन् । साधारण सेयरका लागि अधिकतम ३ सय १ रुपैयाँसम्मको आवेदन परेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

लिलाम भएको सेयर सहित सबै हकप्रद सुचिकरण पश्चात बैंकको चुक्ता पूँजी साढे ४७ करोड रुपैयाँ हाराहारी पुगेको छ । अब बैंकले अढाई करोड बराबरको मात्र बोनस बितरण गर्दा राष्ट्र बैंकले तोकेको पूँजी कायम हुन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।