मुक्तिनाथको सेयर लिलामी खुल्दा अल्पाइनको आज बन्द हुँदै

Nov 09, 2017 Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) को एक लाख ६२ हजार ८०३ कित्ता सेयरमा लिलामी अावेदन विहीबारबाट खुला भएको छ । अल्पाईन डेभलपमेन्ट बैंक (ALDBL) को २ लाख ५९ हजार कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आजै अन्तिम दिन रहेको छ ।

धितोपत्र बोर्डको निर्देशन कार्यान्वयनमा आएसँगै मुक्तिनाथले पहिलो पटक उपत्यका बाहिरबाट सेयर लिलामी  लिन लागेको हो । बोलकबोल प्रकृयामा लगानीकर्ताले कार्तिक २३ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

मुक्तिनाथ विकास बैकले गत भदौ ४ गतेदेखि असोज ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री नभएको एक लाख ६२ हजार ८०३ कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । जसमा २७ हजार ७६५ कित्ता संस्थापक र एक लाख ३५ हजार ३७ कित्ता साधारण शेयर रहेको छ ।

मुक्तिनाथको लिलामीको सेयरमा एनआईबिएल क्यापिटलको केन्द्रीय कार्यालय र मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालय पोखरा, बिरगंज, बुटवलका तथा नेपाल इनभेष्टमेन्ट बैंकको शाखा कार्यालय बिराटनगर, नेपालगञ्ज र धनगढीमा शिलबन्दी बोलपत्र आवेदन दिन सकिने एनआईबिएल क्यापिटलले जनाएको छ ।

यसका साथै मुक्तिनाथ बिकास बैंक, काठमाण्डौ उपत्यकाबाहिरका लगानीकर्तालाई बोलकबोल मार्फत हकप्रद सेयर बिक्री गर्ने पहिलो बैक हुने भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता अल्पाइन डेभलपमेन्ट बैंकको भने आजसम्म शिलबन्दी बोलपत्र पेश गर्ने समय रहेको छ ।
बैंकले हकप्रदमा अवितरित साधारण समूहको ७१ हजार ५७१ कित्ता र संस्थापक समूहको एक लाख ८७ हजार ६७८ कित्ता सेयर लिलाम बढाबढमा विक्री खोलेको थियो ।

बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इच्छुक बोलपत्रदाताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी तथा अल्पाइनको प्रधान कार्यालय हेटौडा–४, मकवानपुरमा कात्तिक २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापक समूहको बोलपत्र कात्तिक २४ गते दिउँसो २ बजे र सर्वसाधारण समूहको सोही दिन २ ३० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरीमा खोलिने जनाईएको छ । अल्पाईन डेभलपमेन्ट बैंक सेञ्चुरी बैंकसँग प्राप्ती प्रकृयामा रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।