अरुण भ्याली हाइड्रोले सार्वजनिक गर्यो नाफा घटेको वित्तीय विवरण

Nov 07, 2017 merolagani



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ लाख खुद नाफा गरेको छ । जुन गत बर्षको यसै अवधिको तुलनाभन्दा ४०.६३ प्रतिशत कम हो । गत वर्षकोे यसै अवधिमा हाइड्रोले ८५ लाख रुपैयाँ कमाएको थियो ।



विद्युत बिक्रीको आय र संचालन मुनाफा घटेपछि कम्पनीको नाफा घटेको हो । कम्पनीले विद्युत बिक्रीबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोतबाट २२ लाख कमाएको छ ।

सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा २९ प्रतिशतले घटेर ८१ लाख रुपैंयाँ पुगेको छ । हाइड्रोले लगानी भने बढाएको छ । उसले ५५ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

अरुण भ्यालीको प्रति शेयर आम्दानी २ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ८९ दशमलव ७३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ११ दशमलव ६२ रुपैयाँ र तरलता अनुपात ५ दशमलव ०६ प्रतिशत रहेको छ ।

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको अरुण भ्याली हाइड्रोपावर कम्पनीले जगेडाकोषमा ९ करोड ८५ लाख रुपैयाँ राखेको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।