सानिमा क्यापिटलको एक अर्ब २० करोडको सामुहिक लगानी कोष आउँदै,लगानीको प्राथमिकता सेयरबजार

Nov 14, 2017 merolagani



सानिमा बैंक (SANIMA) को सहायक कम्पनी सानिमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको ’सानिमा इक्विटी फण्ड’ निष्काशन गर्ने भएको छ । जसका लागि धितोपत्र बोर्डले क्यापिटललाई अनुमति दिएको छ ।



अब सानिमा क्यापिटलले १० रुपियाँ अंकित मूल्यकाे एक अर्ब २० करोड रुपैयाँ बराबरको सानिमा इक्विटी फण्ड’ को १२ करोड इकाई निष्काशन गर्नेछ । इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ ।

कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

सात बर्षे बन्दमुखी यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिनसक्ने अवस्था बन्नेछ । ७ वर्षमा परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटवर्थ प्रतिसेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउँनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हाल नेप्सेमा ११ सामुहिक लगानी कोष छन् । केही समयअघि मात्र निष्काशन भएको सिद्दार्थ इक्विटी फण्ड नेप्सेमा सुचीकृत हुन बाँकी छ ।

त्यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १, सिटिजन म्युचल फण्ड १, एनआईशी एशिया ग्रोथ फण्ड र एनआईबिएल सहभागिता फण्ड पनि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् ।

सानिमा बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालन रहने ‘सानिमा इक्विटी फण्ड’ पहिलो सामूहिक लगानीकाेष योजना हो ।

सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ । 

सामूहिक लगानी कोषमा कसरी लगानी सुरक्षित हुन्छ ?

सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका, शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।

सेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्था लगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।

बर्षेनी ईकाईधनीले लाभांश पाउनुका साथै अवधि समाप्त भएपछि जम्मा प्रतिफल सहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।

पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण समेत यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ । यसका कारण नै पछिल्लो समय एकपछि अर्काे गर्दै म्युचुअल फण्डहरु आउन थालेका छन् ।

शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु उत्तम विकल्प हुनसक्छ । यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । जोखिम कम हुने र राम्रो प्रतिफल प्राप्त गर्ने हुँदा दोश्रो बजारको लगानीभन्दा सामुहिक लगानी कोषको लगानी सुरक्षित मानिन्छ ।

इकाईधनीले इकाईको अबधि सकिएपछि नाफा सहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिनेछ ।

 

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।