चुक्ता पूँजी तीन गुणाले बढाएको कन्काईको प्रतिसेयर आम्दानी एक रुपैयाँ भन्दा कम

Nov 16, 2017 merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कन्काई विकास बैंक(KNBL) को नाफा ६१ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । एकबर्षको अवधिमा तीन गुणाले चुक्तापूँजी बढाएको कम्पनीको पूँजी बढेको अनुपातमा कमाई नबड्दा प्रतिसेयर आम्दानी एक रुपैयाँ भन्दा कममा खुम्चिएको छ ।

कन्काई विकास बैंकले पहिाले त्रैमासमा ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६१.११ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा उच्च दरले घटेपछि नाफामा गिरावट आएको हो ।

बैंकको चालू आवको पहिलो त्रैमासमा चुक्तापूँजी ३ गुणाले बढेर ४१ करोड ६० लाख पुगेको छ । बैंकले १ बराबर २.१४ अनुपातमा हकप्रद शेयर निष्कासन गरेर पूँजी बढाएको हो ।

खराब कर्जा १.२८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ९१ लाख रुपैयाँ राखेको छ भने यसअवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २५८.०५ गुणा, प्रतिशेयर नेटवर्थ ११४.७४ रुपैयाँ र तरलता अनुपात ४७.६७ प्रतिशत छ ।

बैंकले यसअवधिमा १ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड १३ लाख कर्जा प्रवाह गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।