खराब कर्जा असुलेर सप्तकोसीले बढायो नाफा

Nov 17, 2017 merolagani

सप्तकोसी डेभेलोपमेण्ट बैक (SKDBL) ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा २८ लाख ५२ हजार नाफा कमाएको बित्तिय विवरण सार्वजनिक गरेको छ । संचालन मुनाफा घाटामा भएपनि खराव कर्जा असुलीवाट बैंकले नाफा बढाएको हो ।



बैंकले ४४ लाख ९० हजार रुपैयाँ खराब कर्जा उठाएको छ । जसले बैंकको खराब कर्जाको आकार १.२१ प्रतिशतमा झरेको छ ।

कम्पनीको संचालन नाफा ८ हजार क्रणात्मक छ । उच्च दरले खराबकर्जा असुलेर बैककोे खुद नाफा ३१० प्रतिशतले बढेको छ । । गत बर्षको पहिलो त्रैमासमा बैकले ६ लाख ९५ हजारमात्र कमाइ गरेको थियो ।

बैकको प्रतिशेयर आम्दानी ०.७४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ४६ पैसा छ ।

बैंकले एक बर्षको अवधिमा १० करोड चुक्तापूँजीवाट ३८ करोड ७९ लाख पुर्याएको छ । उसले गतबर्ष १३० प्रतिशत हकप्रद र ११ प्रतिशत वोनस बाँडेर पूँजी बढाएको हो ।

समीक्षा अवधिमा १ अर्व १२ करोड निक्षेप संकलन गरेर ९२ करोड ३५ लाख कर्जा लगानी गरेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।