कर्णालीको अवस्था झनै कमजोर बन्दै, तिब्र सुधारको जरुरी

Nov 20, 2017 Merolagani

कर्णाली डेभेलोपमेण्ट बैक (KRBL) ले प्रथम त्रैमासमा निराशाजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको घाटा गत बर्षको पहिलो त्रैमासमा ४२ लाख २० हजारले ऋणात्मक रहेकामा बढेर एक करोड ६९ लाख पुगेको छ ।

बैंकले ११ करोड १० लाख रुपैयाँको चुक्ता पूँजी बढाएर १५ करोड १० लाख पुर्याएको छ । उसको जगेडा कोष ४६ लाखले बढेर तीन करोड ६२ लाख रुपैयाँ पुगेको छ । 

निक्षेप संकलन र कर्जा प्रबाहमा समेत खासै प्रगति गर्न नसकेको बैकको व्याज आम्दानी घटेर खर्च बढ्दा ५३ लाख रुपैयाँ व्याज आम्दानी घाटामा रहेको छ । गत बर्ष ९१ लाख खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैकको  अन्य सञ्चालन खर्चमा सुधार भएपनि आम्दानी घटेको पाइएको छ भने कर्मचारी खर्च ह्वात्तै बढ्दा सञ्चालन घाटा एक करोड ६९ लाख पुगेको हो ।

निष्कृय कर्जा अनुपातलाई घटाएर २.०४ प्रतिशतमा कायम गरेको बैंकले संम्भावित कर्जा नोक्सानी वापत १० लाख व्यवस्था गरेको छ । बैकले खराव कर्जा असुली र गैर सञ्चालन नाफा गर्न नसकेको वित्तीय विवरण निकालेको छ ।

सबै सूचकहरु नकारात्मक हुन्दा प्रतिशेयर आम्दानी ११ रुपैया २५ पैसा नकारात्मक बनेको छ भने मूल्य आम्दानी अनुपात पनि २८.२७ गुणाले ऋणात्मक भएको पाइएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।