मेगासँग मर्जरमा जाने निर्णय गरेको टुरिजमको नाफामा गिरावट

Nov 21, 2017 merolagani

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा टुरिजम डेभलपमेन्ट बैंक(TDBL) को नाफामा उच्च गिरावट देखिएको छ । बैंकले पहिलो त्रैमाससम्ममा ३ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा १९.३५ प्रतिशत कम हो । बैंकले गत बर्ष ४ करोड २४ लाख कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ३९.६९ प्रतिशतले बढेको छ भने संचालन मुनाफा ११.६९ प्रतिशतले घटेको छ ।

बैंकको चुक्तापूँजी २ अर्ब १ करोड छ भने जगेडा कोषमा ५७ करोड ४ लाख छ । बैंकले यसअवधिमा १२ अर्ब ८४ करोड निक्षेप संकलन गरेर १० अर्ब ९७ करोड कर्जा परिचालन गरेको छ ।

बैंकको निष्क्रिय कर्जा १ दशमलव ०२ प्रतिशत र सिडि रेशियो ७३.९६ प्रतिशत रहेको छ । बैंकले प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४५ पैसा देखाएको छ । जसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।