पुर्व अर्थमन्त्री महेश आचार्य र पशुपति राणा पराजित

Dec 09, 2017 Merolagani



देशकाे अर्थ मन्त्रालयकाे वागडाेर सम्माहेकाले दुर्इ पुर्व अथर्मन्त्रीद्वय पशुपति शमशेर राणा र महेश आचार्य दुबैले परायज भाेगेका छन् । राणा ८ हजार ३२  मत तथा अाचार्यले ६ हजार ७२९ मतले पराजित भएका हुन् । 

मोरङ्ग क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पुर्व अर्थमन्त्री महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरे  भने विजयी भएका बाम गठबन्धका उम्मेदवार अमनलाल मोदीले ३३ हजार ५२९ मत ल्याएका थिए ।

अर्का पुर्वअर्थमन्त्री पशुपति शमसेर राणा प्रदेश नम्बर ३ सिन्धुपाल्चोकबाट चुनावी मैदानमा रहेका थिए । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शेरबहादुर तामाङले ३८ हजार ४०१ प्राप्त गरि विजयी हुँदा राणाले ३० हजार ३६९ मत मात्र प्राप्त गरे ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।