बाफियाले बाहिरीएका इच्छाराज तामाङ सिभिल बैंकको अध्यक्षमा पुन: नियुक्त

Dec 20, 2017 merolagani



सिभिल बैंक (CBL)  संचालक समितिको पुस ३ गते बसको बैठकले इच्छाराज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।



बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद छैनन् । 

तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।

बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वा्चित गरेको थियो ।

तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।