लक्ष्मी बैंकले पनि सुरु गर्यो सी आस्वा, कसरी लिने सिआरएन नम्बर ?

Feb 23, 2018 Merolagani



सीआस्वा पुर्ण रुपमा कार्यान्वायनमा आएसँगै लक्ष्मी बैंकले पनि सीआस्वा सुरु गरेको छ । बैंकमा खाता सञ्चालन गरिरहेका सेवाग्राहीलाई सहज रुपमा सेयर आवेदन गर्न सकुन् भन्ने उद्धेश्यले सीआस्वा सुरु गरिएको बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम फागुन ११ अर्थात आजदेखि सी आस्वा पुर्ण रुपमा कार्यान्वायनमा आएको छ । अब हुने सेयरको सार्वजनिक निष्काशनकोे दरखास्त अनिवार्य रुपमा सी आस्वाबाट गर्नु पर्ने हुन्छ । यही अवीथालाई मध्यनजर गर्दै लक्ष्मी बैंकले सी आस्वा सुरु गरेको जनाएको छ । 

सी आस्वाबाट सेयर आवेदन गर्नका लागि बैंकका खातावालाहरुले रजिष्ट्रेसन नम्बर अर्थात सीआरएन लिनु पर्ने हुन्छ । यसका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । एक पटक सीआरएन नम्बर लिए पछि प्रत्येक पटक सेयर आवेदन गर्दा उक्त सीआर एन नम्बर साथमा हुनु पर्छ ।

अनलाइन आवेदन गर्नेहरुले मेरो सेयरका लागि हितग्राही खाता खालेको निक्षेप सदस्यकोमा सम्पर्क गर्नु पर्ने हुन्छ । उक्त निक्षेप सदस्यले दिएको लग इन आईडि तथा पासवर्डबाट मेरो सेयरमा लग इन गरेर लक्ष्मी बैंकमा खाता रहेका सेयर धनीले बैंकले उपलब्ध गराएको सीआरएन नम्बर राखेर सेयर आवेदन गर्नु पर्ने हुन्छ ।

कागजी रुपमा सेयर आवेदन गर्नेहरुले भने मेरो सेयर सेवा लिनु पर्दैन । सिधै लक्ष्मी बैंकको कुनै पनि शाखामा गएर फराम भर्दा हुन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।