सीआस्वा : सेयर आवेदन 'भेरिफिकेशन' मा ढिलाई भएपछि सिडिएससीलाई धितोपत्र बोर्डको यस्तो निर्देशन

May 20, 2018 Merolagani



पूर्ण रुपमा कार्यान्वायनमा आएको सीआस्वाबाट सेवाग्राहीले अपेक्षित सेवा पाउन नसकेको भन्दै नेपाल धितोपत्र बोर्डले केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) लाई पत्र काटेको छ । बोर्डले सार्वजनिक निष्काशनका साथै निक्षेप सदस्यकोमा रहेको लगानीकर्ताको विबरण हेर्न समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न परिपत्र गरेको हो ।

बोर्डको परिपत्रमा भनिएको छ, धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणाली लागू गरिएकोमा लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर मा समय समयमा कनेक्टिभिटी टुट्ने तथा सिष्टम ह्यागं हुने जस्ता समस्याले सेवा प्रभावकारी नभएको भनी बोर्डमा गुनासो प्राप्त भएकोमा सो सेवा प्रभावकारी बनाउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई परिपत्र गरिएको छ ।

बोर्डले परिपत्र मार्फत सीआस्वा अनलाइन सफ्ट्वेयरको कनेक्टििभिटी क्षमता बिस्तार गरी सीआस्वा सबैले सहज रुपमा प्रयोग गर्न सक्ने बनाउन सिडिएससीलाई निर्देशन दिएको हो । साथै बोर्डले सीआस्वाबाट हुने सेयर आवेदन तत्काल प्रमाण्किरण गरी लगानीकर्ताको बैंक खातामा रहेको रकम सोही बेला रियल टाइममा रोक्का गर्ने संयन्त्रको विकास गर्न सिडिएससीलाई निर्देशन दिएको छ ।

लगानीकर्तालाई सीआस्वाका बारेमा जानकारी प्रदान गर्न पर्याप्त पत्राचार गर्न पनि भनेको छ । सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई प्रभावकारी रुपमा सेवा दिन सक्ने बनाउन तालिम दिन पनि बोर्डले सिडिएससीको ध्यानाकर्षण गराएको छ ।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।