सानिमा बैंकको सी–आस्वा सेवा, हितग्राही खाता निशुल्क

Feb 25, 2018 merolagani



सानिमा बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सि–आस्वा प्रणाली संञ्चानलमा ल्याएको छ । ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सि–आस्वा रजिष्ट्रेशन नम्बर लिन सक्नेछन् । बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ भने सि–आस्वा सञ्चालनमा आएसँगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको जनाएको छ ।

ग्राहकले सि अास्वा रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफैँ अनलाइन आवेदन दिन सक्नेछन् । अथवा बैंकको कुनै पनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

सनिमा बैंकले सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सि–आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्नेछन् ।

सार्वजनिक निस्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी–आस्वा सेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्था लागू भएपछि बैंकले यो सेवा फागुन ११ बाट सञ्चालनमा ल्याएको हो ।

बैंकले ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्न नम्बर लिन तथा KYC Update गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्नु समेत आग्रह गरेको छ ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।