सनराइजले पनि ग्राहकलाई गर्यो सिआरएन नम्बर लिन आग्रह

Feb 28, 2018 Merolagani



सनराइज बैंक (SRBL) ले आफ्नो बैंकमा खाता रहेका ग्राहलाई सि-अास्वा रिजष्ट्रेशन नम्बर (सिआरएन) लिन आह्वान गरेको छ । धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम फागुन ११ गतेदेखि आइपिओ, एफपिओ, र हकप्रदको दरखास्त दिँदा अनिवार्य रुपमा सि-आस्वा मार्फत गर्नुपर्ने व्यवस्था भएपछि बैंकले सो आग्रह गरेको हो ।

सनराइजले बैंककाे वेभसाइटबाट डाउनलोड गरेर अथवा कुनैपनि शाखा कार्यालय मार्फत फारम प्राप्त गरि सिआरएन नम्बर लिन सकिने जनाएको छ । हरेक धितोपत्रमा आवेदन गर्दा सिआरएन नम्बर आवश्यक हुने हुँदा यथाशीघ्र लिन समेत बैंकले भनेको छ ।

हालसम्म हितग्राही खाता नखोलेका ग्राहकलाई सनराइज बैंकको कुनैपनि शाखा कार्यालय तथा सनराइज क्यापिटलबाट खाता खोल्न सकिने बैंकले जनाएको छ ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।