देवले फागुन १ देखि सीआस्वा सेवा दिने, ग्राहकलाई सिआरएन नम्बर लिन अपिल

Feb 13, 2018 Merolagani



देवः विकास बैंक (DBBL) ले फागुन १ गतेदेखि मंगलबारदेखि सीआस्वा सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम सिडिएस एण्ड क्लियरिङ्गको सहकार्यमा बैंकले यो सेवा प्रदान गर्ने भएको हो ।

बैंकले आफ्ना ४९ वटै शाखा तथा सेवा केन्द्रका ग्राहकले यो सेवामार्फत सहज रुपमा धितोपत्र खरिदका लागि आवेदन दिन सक्ने जनाएको छ । 

यस सेवाअन्तर्गत लगानीकर्ताहरुले आवेदन गर्दा आफ्नो खाता रहेको शाखा वा नजिकैको यो बैंकको शाखा कार्यालयबाट सि-आस्वा रष्जिट्रेशन नम्बर (सिआरएन) अनिवार्य रुपमा लिनुपर्नेछ । सिआरएन नम्बर पाएपछि ग्राहक आफैँले अनलाइन मार्फत आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

अनलाइनमार्फत आवेदन दिन नसक्ने ग्राहकले यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई सीआस्वा फारम भरी यस प्रणाली मार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको छ । 

बैंकले आफ्ना सबै ग्राहकहरुलाई नजिकैको शाखा कार्यालयमा सम्पर्क राखी सिआरएन नम्बर लिन समेत अनुरोध गरेको छ ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।