यी हुन सीआईबीले पक्राउ गरेका एनसीसी घोटलामा संलग्न १३ अभियुक्त

Mar 16, 2018 Merolagani

एनसीसी बैंकमा कर्जा दुरुपयोग गरी झण्डै एक अर्ब पचास करोड ९६ लाख रुपैयाँ घोटाला गरेको आरोपमा पक्राउ परेका १३ व्यक्तीको विवरण केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सार्वजनिक गरेको छ । जसमा तत्कालिन एपेक्स बैंकका अध्यक्ष, तीन संचालक,प्रमुख कार्यकारी अधिकृत सहित १३ जना रहेका छन् ।

 

उनीहरुले एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट गाँभीने सहमति भए पश्चात मर्जरको फाइदा उठाउर्दै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकबाट एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेको आरोप लगाइएको छ ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउगरी बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

मुख्य अनियमितताहरु

  • कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
  • कृतिम ऋणीहरु खडा गरिएको ।
  • निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
  • ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
  • मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
  • धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
  • कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
    कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
  • सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
  • एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
  • सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
  • अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।

बैंककाे अन्य समाचार पनि पढ्नुहाेस्...

.....कसरी भयो एनसीसी बैंकमा डेढ अर्ब बढीको घोटाला ?

.....एनसीसी घोटालामा मुछिएका कस-कसलाई सीआईबीले गर्यो पक्राउ ?

......एक अर्ब बढी घोटालाको आशंकामा एनसीसी बैंकका दर्जनाैं कर्जा अधिकृतहरु प्रकाउ

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।