एनसीसी घोटालामा मुछिएका कस-कसलाई सीआईबीले गर्यो पक्राउ ?

Mar 16, 2018 Merolagani

कर्जा दुरुपयोग गरी झण्डै डेढ अर्ब घोटाला गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसीसी बैंकमा छापामारी १३ जना पक्राउ गरेको छ । सीआइबीले पक्राउ गरेका व्यक्तिहरुमध्ये केहीको नामावली मेरोलगानीलाई प्राप्त भएको छ ।

यसरी प्रक्राउ पर्नेमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्ट, कम्पनी सचिव रामचन्द्र बर्तौला, दरबारमार्ग शाखाका तत्कालीन म्यानेजर विकास श्रेष्ठ, इटहरी शाखाका प्रबन्धक सागर न्यौपाने र दुर्गादत्त जोशी रहेका छन् । ब्युरोले पक्राउ गर्न थालेपछि केही अधिकृतहरु भने भागेका थिए । पक्राउ परेका मध्ये सबैको विवरण भने प्राप्त भैसकेको छैन ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो ।

....{कसरी भयो एनसीसी बैंकमा डेढ अर्ब बढीको घोटाला ?}...

उक्त रकममध्ये १५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिव २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको थियो ।

साे समयमा एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल, प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्ट,सञ्चालक रिता बदि श्रेष्ठ सेवाचार्य, सुवर्णराज भण्डारी, वित्त विभाग प्रमुख दुर्गादत्त जोशी, छविरमण अधिकारी, इच्छावहादुर गुरुङ, लोकेन्द्रमान कर्मचार्य लगायतमाथि छानबिन गरि कारवाही अगाडि बढाउन  केन्द्रीय अनुसन्धान ब्यूरोलार्इ राष्ट्र बैंकले आग्रह गरेको थियो ।

....{एक अर्ब बढी घोटालाको आशंकामा एनसीसी बैंकका दर्जनाैं कर्जा अधिकृतहरु प्रकाउ}...

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।