कसरी भयो एनसीसी बैंकमा डेढ अर्ब बढीको घोटाला ?

Mar 16, 2018 merolagani

कर्जा दुरुपयोग गरी झण्डै डेढ अर्ब घोटाला गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एनसीसी बैंक (NCCB) मा छापामारी दर्जन बढी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सीआइबीले पक्राउ गरेका व्यक्ति र उनीहरुको पद भने खुलाएको छैन ।

राष्ट्र बैंकको उजुरीको आधारमा एनसीसीका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

एनसीसीले एपेक्ससहितका ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको थियो । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका हुन् ।

मर्जर भएपनि अदालतको आदेश अनुसार एनसीसीमा गाभिएको एपेक्सको कारोबार विवरण छुट्टै राखिदै आएको थियो । एपेक्सको कारोबार शंकास्पद देखिएपछि अलग्गै हिसाबकिताब राख्न अदालतले आदेश दिएको थियो ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो।

एपेक्सका कर्मचारीहरुले नक्कली पूर्जाको आधारमा कर्जा परिचालन गरेर बैंकमा घोटाला गरेको पाइएको छ । खोला र बगरको जग्गा समेत धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो ।

...{एनसीसी घोटालामा मुछिएका कस-कसलाई सीआईबीले गर्यो पक्राउ ?}...

उक्त रकममध्ये १५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिव २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको थियो त्यसै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका १३ जनालाई पक्राउ गरिसकेको छ।

मर्जर सम्झौताका क्रममा  एक करोडमाथिको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति भएपनि सो विपिरत एपेक्सले कर्जा लगानी गरेको थियो ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीले कर्जा दुरुपयोग गरेको भन्दै एनसीसी बैंकले नेपाल राष्ट्र बैंकमार्फत् सीआइबीमा उजुरी गरेको थियो । राष्ट्र बैंकले सीआइबीलाई पत्राचार गरी कर्जा दुरुपयोगमा संंलग्नलाई बैंकिङ कसूरमा मुद्दा चलाउन भनेको थियो ।

...{एक अर्ब बढी घोटालाको आशंकामा एनसीसी बैंकका दर्जनाैं कर्जा अधिकृतहरु प्रकाउ}...

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।