एनसिसि बैंक घाेटाला प्रकरणमा थप ३ जना पक्राउ

Mar 20, 2018 Merolagani

एनसिसि बैंक घाेटला प्रकरणमा सिअाबीले थप ३ जनालार्इ पक्राउ गरेकाे छ । जनता बैंक बनेपा शाखाका लोन म्यानेजर त्रिवेन्द्र श्रेष्ठसहित सहित ३ जनालार्इ सीअाइबीले साेमबार नियन्त्रणमा लिएकाे हाे ।

 प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई बैंककाे कार्यलयबाटै पक्राउ गरेकाे हाे ।  श्रेष्ठ एनसिसि बैंकसँग गाभिनु अघिकाे तत्कालिन एपेक्स बैंकमा लोन सुपरभाईजर थिए।

प्रहरीले साेमबारै सांग्रिला विकास बैंक र एनसीसी बैंकमा कार्यरत सजल बज्रचार्य र प्रमोद भट्टराईलार्इ पनि नियन्त्रणमा लिएकाे छ । सजल एपेक्सका कर्जा सुपरीवेक्षक र भट्टराई एपेक्सका कर्जा अधिकृत  थिए । 

कमसल धितो राखी जथाभाबी कर्जा प्रवाहमा गर्न उनीहरुको मिलेमतो देखिएपछि उनीहरूलार्इ पक्राउ गरिएको सिआइबीका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए । एपेक्स घाेटला प्रकरणमा सिआइबीले यसअघि  १४ जनालाई पक्राउ गरिसकेको छ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।