सहयोगी विकास बैंकले सुरु गर्याे मोबाइल र प्रिभिलेज बैंकिङ्ग सेवा

Apr 15, 2018 Merolagani



सहयोगी विकास बैंक (SBBLJ) ले मोवाइल र प्रिभिलेज बैंकिङ्ग सेवा सुरुवात गरेको छ । उक्त सेवाको सुरुवात गर्दे बैंकको अध्यक्ष उदयकान्त झाले ग्राहकमा आधुनिक र समय सापेक्ष सेवा दिने बताउँदै सेवा प्रदान गर्न बैंकले कुनै कञ्जुस्याँई नगर्ने बताए ।

यस सेवाले ग्राहकहरु थप लाभान्वीत हुने बैंकले जनाएको छ । नयाँ प्रमुख कार्यकारीको रुपमा विनय रिजाल नियुक्त भएसँगै बैंकले आफ्नो सेवा आधुनिक, सबल, प्रभावकारी बनाउँदै कर्मचारी तालीम पनि थालेको छ ।

बैंकको सिइओ रिजालले बाणिज्य बैंकभन्दा आफ्नो बैंक स्थानिय स्तरमा लोकप्रिय रहेको बताउँदै ग्राहकलाई सेवाबाट पूर्ण सन्तुष्ट बनाउने बैंकको लक्ष्य रहेको बताए । बैंकले कार्यक्षेत्र बढाएर ५ जिल्ला बनाउन लागेको जानकारी दिँदै उनले बैशाखबाटै एटिएम सेवाको पनि सुरुवात गर्ने उल्लेख गरे ।

५० करोड ९६ लाख रुपैयाँ सेयर पूँजी रहेको बैंकले चैतसम्म ३ अर्ब ४२ करोड निक्षेप संकलन गरि दुई अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकमा १० करोड ५३ लाख रुपैयाँ सञ्चित कोष रहेको छ ।

तीन जिल्ला कार्यक्षेत्र रहेको सहयोगीको जनकपुरमा मुख्य कार्यालय रहेको छ । बैंकले ८ स्थानमा शाखा विस्तार गरि आधुकि भरपर्दो, र स्तरिय सेवा प्रदान गर्दे आइरहेको छ भने थप ४ शाखा विस्तार गर्ने बताएको छ । साथै बैंकले बैशाखबाटै आफ्नो कार्यालय निमार्ण गर्ने बताएको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।