बुटवल पावर र साझेदारले ८८२ मेगावाटकाे दुर्इ अायाेजना किने

May 07, 2018 Merolagani



अागामी पाँच वर्षमा थप एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बुटबल पावर कम्पनीले साझेदार कम्पनीसँग मिलेर ८८२ मेगावाट क्षमताको दुई जलविद्युत्त आयोजनाको सम्पूर्ण सेयर किनेका छन् ।

विपिसीले आफ्ना साझेदार कम्पनीहरुसँग मिलेर ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दीको आयोजना कम्पनी हिमताल हाइड्रोपावर र २८२ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत्त आयोजनाको आयोजना कम्पनी मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीका सम्पूर्ण सेयरहरु खरिद गरेका हुन् ।

बिपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले बुटवल पावर कम्पनी र तीन साझेदार चिनीयाँ कम्पनीहरु मिलेर ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी २ र २८२ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको सबै स्वामित्व खरिद गरेको मेरोलगानीलाई बताए ।

हिमताल हाइड्रोपावरको सेयर खरिदबिक्री सम्बन्धि सम्झौतापत्रमा नेपालको बुटवल पावर कम्पनी, एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी, र तीन साझेदार चिनीयाँ कम्पनीहरु (एससीआईजी इन्टरनेसन लिमिटेड, जिङ्चेण्ड इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनल कम्पनी लिमिटेड) र चिनीयाँ आयोजना कम्पनीबीच बैशाख २१ गते हस्ताक्षर भएको कम्पनीले जनाएको छ

त्यसैगरि मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीका सम्पूर्ण सेयर खरिद गर्ने सम्बन्धमा विदेशी सेयरधनी राजरत्न इनर्जी होल्डिङसँग गत चैत १२ गते तथा स्थानीय सेयरधनी मर्स्याङ्दी पावर कम्पनीसँग चैत १५ गते सेयर खरिद गर्ने सम्झौता सम्पन्न गरेको विपिसीले जनाएको छ ।

सेयर खरिदसँगै माथिल्लो मर्स्याङ्दीमा विपिसीको सेयर स्वामित्व १९.४ प्रतिशत सेयर स्वामित्व हुने कम्पनीले जनाएको छ । विपिसीले विदेशी साझेदार कम्पनीसँग मिलेर आयोजनाको निमार्ण सम्पन्न गर्ने जनाएको छ ।

भारतको जीएमआर र राजरत्न इनर्जी होल्डिङसले लगानी जुटाउन नसकेपछि बुटवल पावर कम्पनी र उसको साझेदार कम्पनी एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका हुन् ।

गत मंसिरमा आगामी पाँच वर्षमा थप एक हजार मेगावाट विद्युत उत्पादन गर्न बुटवल पावरले तीन चिनियाँ कम्पनीले संयुक्त रुपमा एससीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता गरेको थियो । सोही सम्झौता बमोजिम एसीआईजीले दुई ठुला आयोजनाको सम्पुर्ण स्वामित्व खरिद गरेको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।