बुटवल पावरले पनि बढाउन सकेन नाफा, एफपिअाे विक्रीपछि जगेडा दाेब्बर

May 13, 2018 Merolagani

लघुवित्त कम्पनीहरु मात्र होईन जलविद्युत्त कम्पनीहरुलाई पनि आफ्नो खुद नाफा वृद्धिगर्न सकस देखिएको छ । जलविद्युत्त कम्पनीमा ख्याति कमाएको बुटवल पावर कम्पनी(BPCL) को पनि खुद नाफा गत आवको यसै अवधिको तुलनामा दुई करोड ५७ लाख रुपैयाँले गिरावट आएको छ ।

बुटवल पावरले गत आवमा ६८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको तश्रोे त्रैमासमा ६५ करोड ७७ लाखमा सीमित भएको हो । कम्पनीको आम्दानी स्रोतमा बढोत्तरी हुन नसक्दा खुद नाफा ४ प्रतिशतले घटेको हो । 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ७१ लाख ८६ हजारले घटेर ५३ करोड ५० लाख ४७ हजार रुपैयाँमा झरेको छ । २५ लाख ९२ हजारले गिरावट आउँदा सञ्चालन आम्दानी ३४ करोड मात्र गरेको छ । हिमाल पावरबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश संकलन भएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीले एफपीओ जारी गरेका कारण सञ्चित कोष २ अर्ब ३३ करोडबाट बढेर ४ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । उता प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३३ पैसामा झरेको छ । गत वर्षको सोही अवधिमा ३७ रुपैयाँ ७५ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३५६ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात १२.५५ गुणा बढी छ । 

बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए सन् २०१ मार्च देखि निमार्ण गरिरहेकाचे बताउँदै तल्लो मनाङ मस्याङयादी १०० मेगावाट, ८.५ मेगावाटको चिनिखोला हाईड्रो पावर आयोजना निर्माण गर्न लागिरहेको उल्लेख गरेको छ ।

यस्तै आगामी पाँच वर्षमा एक हजार मेगावाट विद्युत्त उत्पादन गर्ने लक्ष्यका साथ कम्पनीले १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा ८६२ मेगावाट क्षमताको २ आयोजनाहरु माथिल्लो मस्याङ्दी र मनाङ मस्याङ्दी आयोजना खरिद गरेको छ ।

comments powered by Disqus