अन्य आम्दानी बढेपछि बुद्धभुमि नेपाल हाइड्रोपावरको नाफा धनात्मक

May 05, 2024 01:44 PM Merolagani

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने खुद नाफा पनि धनात्मक भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३४ लाख १६ हजार ऋणात्मकबाट १० लाख २० हजार रुपैयाँ धनात्मक भएको छ। त्यस्तै कम्पनीकाे अन्य आम्दानी २५ हजारबाट बढेर ३२ लाख ४४ हजार रूपैयाँ पुगेकाे छ। विद्युत बिक्री आम्दानी र अन्य आम्दानी बढेपछि कम्पनीको खुद नाफा धनात्मक हुन पुगेको हो। 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ।

४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित नोक्सानी ४ करोड ८२ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।