प्रभु बैंकले बाग्लुङ र दैलेखमा एकैदिन विस्तार गर्याे ४ शाखा

May 13, 2018 Merolagani



प्रभु बैंक (PRVU) ले एक साथ ४ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङको निसीखोला र तमानखोला गाउँपालिका र दैलेख जिल्लाको भगवतीमाई र गुँरास गाउँपालिकामा आइतबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा विस्तार गरेको बैंकले जनाएको छ । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आइतबारदेखि सञ्चालनमा आएका बैंकका शाखा कार्यालयहरुबाट त्यस क्षेत्रका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने तथा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ बैंकले विश्वास लिएको जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।