जनता बैंकद्वारा आठ जिल्लामा शाखा विस्तार

Apr 01, 2018 Merolagani



जनता बैंक नेपालले आठ जिल्लामा एकै साथ ८ नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, नवलपरासीको दुम्किबास, रुपन्देहीको नयाँमिल, बर्दियाको भुरीगाँउ, काठमाडौंको महाराजगञ्ज, र ललितपुरको ग्वार्कोमा शाखा विस्तार गरेको हो ।

उल्लेखित शाखामध्ये रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार चैत्र १५ तथा बाँकी ५ शाखाको कारोबार चैत्र १६ गते देखि शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

चालू आर्थिक बर्षको सुरु देखि नै शाखा विस्तारमा निरन्तरता दिएको जनता बैंकको थपिएका आठ शाखासँगै १०६ शाखा सञ्जाल पुगेको छ । जसमध्ये काठमाडौंमा मात्र १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

गत बर्षको नाफाबाट १४.४० प्रतिशत बोनस पश्चात राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी (८ अर्ब ७ लाख रुपैयाँ) कायम गरिसकेको बैंकले हालसम्म ५३ अर्ब २४ करोड निक्षेप संकलन गरि ४९ अर्ब ८२ करोड कर्जा प्रवाह गरको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।