एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा

May 15, 2018 Merolagani



एनआईसी एशिया बैंक(NICA) ले पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइडमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सोमबार नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक पौडेलले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा ३३ वटा शाखा विस्तार गर्न लागेकोमा बैंकको प्रशंसा गरे । 

बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब र कुल निक्षेप करिब १३४ अर्ब रुपैयाँ पुगिसकेको छ ।

बैंकको देशभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत ग्राहकमा बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।