मल्टीपर्पोज फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि घट्यो नाफा, खराब कर्जा उच्च

May 16, 2018 Merolagani



मल्टिपर्पाेज फाइनान्स (@को खुद नाफा गत आर्थिक बर्षको तेश्रो तैमासमा भन्दा एक लाखले घटेको छ । कम्पनीले व्याज आम्दानी बढाएपनि निष्कृय कर्जा नोक्सानी व्यवस्था र अन्य खर्चका कारण घटेको हो । फाइनान्सले कर्मचारी र अन्य सञ्चालन खर्च भने घटाएको छ ।

गत वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ४३ लाख ३८ हजार नाफा आर्जन गरेकोमा हाल ४२ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको हो । 

४ करोड १४ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्स कम्पनीले एक करोड १७ लाखबाट जगेडा कोष बढाएर एक करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ ।

चैतसम्ममा फाइनान्सले २० कराेड ४० लाख रूपैयाँ निक्षाेप संकलन गरेर २० कराेड ९९ लाख कर्जा लगानी गरेकाे छ । यस अवधिमा कम्पनीले दुई करोड २० लाख ब्याज कमाएर एक करोड १८ लाख खर्च गरि एक करोड एक लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

फाइनान्स कम्पनीकाे खराब कर्जा अनुपात ४.९७ प्रतिशत रहेकाे छ । गत बर्ष ६.२१ प्रतिशत रहेकाे थियाे । फाइनान्सकाे प्रतिसेयर अाम्दानी १३ रूपैयाँ ६१ पैसा रहेकाे छ । 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।