पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि : अर्थमन्त्री

May 18, 2018 rss



बैंकिङ सुविधा वृद्धि गर्नुपर्नेमा उद्योगीको जोड

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएका छन् ।

स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा उनले लुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

अर्थमन्त्री खतिवडाले यस किसिमका उद्योगमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय उत्पादन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने बताए ।

बैंकिङ सुविधा वृद्धि गर्नुपर्नेमा उद्योगीको जोड

उद्योगी प्रदीप कुमार श्रेष्ठले देशको भौतिक पूर्वाधार निर्माणका लागि छड उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले त्यस्ता उद्योगीलाई सरकारले बैंकिङ्ग सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा निर्माणजन्य कार्यमा प्रयोग हुने छड वार्षिक रुपमा रु एक खर्ब २० अर्बको कारोवार हुने गरेको छ । छडको करीब ९० प्रतिशत कच्चा पदार्थ भारत तथा १० प्रतिशत चीनबाट आयात हुने गरेको जानकारी दिइयो ।

नेपालमा उत्पादन भएका छड करीब दुई दशक अगाडिसम्म चीन स्वशासित क्षेत्र तिब्बतमा केही प्रतिशत निर्यात हुने गरेको भए पनि अहिले यसको खपत स्वदेशमा मात्र हुने गरेको छ ।

प्रदर्शनीमा नेपाल र भारतका गरी करीब ५० छड उद्योगका प्रतिनिधिको सहभागिता रहेको जनाएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।