अर्थमन्त्री डा.खतिवडासँग दश तोला सुन,६२ हजार डलर, अरु कति छ शेयर र सम्पत्ति ?

May 23, 2018 Merolagani



मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि प्रधानमन्त्री लगायत मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यसै क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले दश तोला सुन,६२ हजार डलर र विभिन्न बैंकमा गरेर झण्डै ९३ लाख बराबरको नगद रहेको खुलासा गरेका छन् ।

खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौमा १९ आना जग्गा र घर छ । जसमध्ये खतिवडाको नाममा ५ आना र उनको श्रीमति कमला खतिवडाको नाममा १४ आना जग्गा र घर रहेको छ ।

त्यस्तै उनीसँग भक्तपुर, झापा, दोलखामा गरी एक करोड ४९ लाख रुपैयाँ बराबरमा खरिद गरेको जग्गा रहेको छ । उक्त जग्गा खतिवडाले संयुक्त राष्ट्र संघको तलब, जग्गा बिक्री र निजी बचतबाट जोडेको उल्लेख गरेका छन् ।

त्यस्तै खतिवडासँग दश तोला सुन र एक किलो चाँदीका गहना रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । साथै उनीसँग विभिन्न ६ वटा वाणिज्य बैंक र दुई सहकारी संस्थामा गरेर ९२ लाख ७८ हजार रुपैयाँ बचत रहेको देखाएका छन् । खतिवडाले पाँच जनालाई २४ लाख रुपैयाँ ऋण समेत दिएका छन् । खतिवडाको सानिमा बैंकमा ५२ हजार डलर बचत रहेको छ ।त्यस्तै नबिल बैंकमा १० हजार ७ सय अमेरिकी डलर छ ।  ६२

अर्थमन्त्री खतिवडासँग साबल सहकारी संस्थाको ५ हजार कित्ता संस्थापक सेयर रहेको छ भने उनको श्रीमतिको नाममा दुर्गा भवानी सहकारीको ५० कित्ता सेयर रहेको छ ।

खतिवडासँग करिब दश लाख मुल्यको एउटा मोटर, ८० हजारको रंगिन टेलिभिजन, दुई मोबाइल सेट र बहुमूल्य धातु जडित केही थान पदकहरु समेत रहेको आफ्नो सम्पत्ति विवरणमा देखाएका छन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।