प्राइम लाइफको लिलामी शेयरको बोलपत्र जेठ १५ गते खुला हुने

May 27, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले जेठ २ देखि ९ गतेसम्म लिलामी बिक्रि खुल्ला गरेको शेयरको बोलपत्र जेठ १५ गते मंगलबार खुला हुने भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जेठ १५ गते मंगलबार बिहान साढे ९ बजे हिरा प्यालेस ब्याङक्वेट नयाँ बानेश्वरमा बोलपत्र खोल्ने जनाएको छ । 

कम्पनीले चुक्ता पूँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा २ लाख ७१ लाख ५४१ कित्ता शेयरमा आवेदन नपरेपछि उक्त शेयर लिलामी गरेको हो ।

चालु आवको तेश्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।